लुम्बिनी सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउँने
  • CIA Khabar

  • रुपन्देही । लुम्बिनी प्रदेश सरकारले भोलि (मंगलबार) प्रदेशसभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

    बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

    चौधरीले लुम्बिनी प्रदेश सरकारको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गर्ने निर्णय भएको बताए । कोरोनाको दोस्रो भेरियन्टपछि १०-१० करोड गरी २० करोड विनियोजन गरिसकिएको उनले जानकारी दिए ।

  • २४ जेष्ठ २०७८, सोमबार १७:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images