काठमाडौं महानगरमा उमेर समूह अनुसार छुट्याइयो खोप लगाउने दिन, कुन दिन–कुन उमेरका व्यक्तिलाई ?
  • CIA Khabar

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउनका लागि उमेर समूह अनुसार मिति तोकेको छ। काठमाडौंमा चाइनाको भेरोसेल खोप भोलीबाट लगाइने भएको छ ।महानगरपालिकाको नगर कार्यपालिकाले एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको ६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्राको भेरोसेल खोप लगाउनका लागि जेठ २५ देखि २९ गतेसम्म उमेर समूह अनुसार दिन तोकेको हो।

    जेठ २९ गतेसम्म चल्ने उक्त खोप कार्यक्रममा उमेर अनुसार दिन तोकिएको छ । जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगााइने छ। त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ। महानगरले तोकिएको मितिमा मात्र खोप लगाउने कार्य गर्न अनुरोध गरेको छ।

    त्यस्तै खोप लगाउनका लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरेको छ। त्यस्तै कोभिड–१९ संक्रमण भएका व्यक्तिहरुले एक महिना पूरा भएपछि मात्र खोप लगाउन मिल्ने छ। पहिले भेरोसेल खोप लगाएकाहरुलाई खोप केन्द्रमा दोस्रो खोप नलगाइने काठमाडौं महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जारी गरेको सूचनामा जनाइएको छ।

    खोप कार्यक्रमको तालिका : 

    जेठ २५ गते : ६४ वर्ष
    जेठ २६ गते : ६३ वर्ष
    जेठ २७ गते : ६२ वर्ष
    जेठ २८ गते : ६१ वर्ष
    जेठ २९ गते : ६० वर्ष

  • २४ जेष्ठ २०७८, सोमबार २१:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images