एकताका लागि ओलीको ६बुँदे अपिलमा यस्तो छ नेपाल-खनाल समूहको काउन्टर जवाफ[प्रेसविज्ञप्तिसहित]
  • CIA Khabar

  • काठमाडौं । पार्टी एकताका लागि एमाले अध्यक्ष केपी ओलीले आइतबार जारी गरेको ६ बुँदे अपिलप्रति पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार र नेपाल र झलनाथ खनालले काउन्टर जवाफ दिएको छ । विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनसहित संसद पुनर्स्थापनाको मागको रिटमा गरिएको हस्ताक्षर फिर्ता नहुने भन्दै त्यस समूहले काउन्टर जवाफ दिएको हो ।

    ओलीले बुँदा १ मा नेकपा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाइनेछ भनेका छन् । त्यसप्रति आपत्ति जनाउँदै नेपाल समूहले वार्ता नभई ओलीले एकताबा लागि गरेको आह्वान साँच्चिकै एकताका पक्षमा नभइ केवल भ्रम जिर्जना गर्ने उद्देश्यले प्रेरित भनेको  छ

    यस्तै, बुँदा २ मा पार्टी मातहतका कमिटी र जनसंगठनहरु मूलभुतरुपमा ३ जेठ २०७५ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुनेछन् भनेकोमा जवाफ दिँदै नेपाल-खनाल समूहले फर्किने कुरा गरी मन लागेकालाई कायम गर्ने र नलागेकालाई हटाइदिने मनसाय रसाखिएको भनेको छ । ‘यस्तो जालझेलपूर्ण भनाइ पार्टी एकता कायम गर्ने असफ नियत ठानिन’ नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार २०:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images