रानी नाकाबाट मासिक १ करोड बढीको कनिका आयात, स्यानिटाइजर र बियर उत्पादनमा कनिकाको भर
  • CIA Khabar

  • विराटनगर । विराटनगरको रानी भन्सार नाकाबाट मासिक १ करोडभन्दा बढीको कनिका आयात हुने गरेको छ । विशेषगरी बियर लगायतका लोकल रक्सीका लागि ठूलो परिणाममा कनिकाको खपत हुँदै आएको छ ।

    पछिल्लो समयमा कोरोना महामारीका कारण सेनिटाइजरको उत्पादन बढेसँगै त्यसका लागि आवश्यक स्प्रिट तयार गर्नका लागि कनिका प्रयोग बढेकाले कनिकाको माग बढेको हो ।

    रानी भन्सार कार्यालयको तथ्याङ्क अनुसार गएको चैत र बैशाख महिनामा मात्र रानी नाकाबाट २ करोड ९४ लाख ४८ हजार ५२० रुपैयाँ मूल्यको ११ लाख ८८ हजार ८६५ केजी कनिका नेपाल भित्रिएको छ ।

    भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले चैत महिनामा १ करोड ४३ लाख १४ हजार ७६८ रुपैया मूल्यको ५ लाख ९८ हजार ६३० केजी र बैशाख महिनामा १ करोड ५१ लख ३३ हजार ७५५२ रुपैया मूल्यको ५ लाख ९० हजार २३५५ केजी कनिका नेपाल भित्रिएको छ ।

    भन्सार कार्यालयको तथ्याङ्कले सोही दुई महिनाको अवधिमा ४० करोड २८ लाख २३ हजार बराबरको ८४ लाख ३८ हजार १५५ केजी चामल नेपाल आयात भएको छ ।

    चामल र कनिकाको परिणाम तुलना गर्दा चामलको कुल आयातको झन्डै आधा तिहाइ आयात कनिकाले ओगट्ने गरेको प्रवक्ता सन्तोष यादवले बताए । उनले नेपाल भित्रिएका सबै कनिका भारतबाट आउने गरेको र के प्रयोजनका लागि आउने गरेको बारेमा आफूहरुलाई थाहा नहुने पनि बताए ।

    साराडा ग्रुपका निर्देशक एवं उद्योगी पवन सारडाले बियरको बढ्दो खपतले कनिकाको आयातलाई दबाब परेको समयमा स्वास्थ्य सुरक्षाका लागि हामीले प्रयोग गर्ने सेनिटाइजर बनाउन पनि कनिकाको प्रयोगले त्यसको आयात​मा थप दबाब परेको बताए ।

    ‘मुलुक भर रक्सी र बियर उत्पादन गर्ने पाँच वटा उद्योग छन्’ उद्योगी सारडाले भने, ‘ति सबै उद्योगका लागि कनिका प्रयोग हुने गरेको छ ।’ यो सँगै अहिले सेनिटाइजर उत्पादन गर्ने उद्योगमा पनि कनिकाको बढ्दो प्रयोग भएकाले यसको मागलाई बढाइदिएको उनले बताए ।

    सारडाका अनुसार सेनिटाइजर उत्पादनका लागि आवश्यक ९कच्चा पदार्थका रुपमा प्रयोग हुने० स्प्रिटमा लागि ७५ प्रतिशतसम्म कनिकाको प्रयोग हुदै आएको छ । सारडाले सञ्चालक रहेको स्प्रिट तयार गर्ने प्रिमियम अर्गानिक उद्योगका लागि मासिक १५ सय टन कनिका खरिद हुदै आएकोमा ठुलो परिमाणमा भारतबाट र केही नेपालबाट खरिद गरेर कनिका प्रयोग गरिदै आएको सारडाले बताए ।

    हाल सुनसरी–मोरङ औद्योगिक करिडोरमा सेनिटाइजर र रक्सीका लागि आगि आवश्य कच्चा पदार्थ ९स्प्रिट० उत्पादन गर्ने दुई वटा उद्योग रहेका छन् । यसबाहेका अन्य जिल्लामा रहेको यस्ता रक्सी उत्पादन गर्ने उद्योगका लागि रानी नाका भएर भित्रिएका कनिका ती उद्योगसम्म पुग्ने गरेको उद्योगी सारडाले बताए ।

    यसअघि मकै र चामलको प्रयोगबाट स्प्रिट तयार गर्ने काम हुदै आएकोपनि यी खाद्यान्न मँहगो भएकाले त्यस्ता उद्योगहरूले कनिकाको प्रयोगलाई बढाएको समेत सारडाले बताउँछन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार १४:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images