प्रदेश सांसदले छोडे नेपाल समूहको साथः ओली पक्षमा प्रवेश
  • CIA Khabar

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले ओली समूहलाई साथ दिनुभएको छ । यसअघि नेपालसमृहमा रहेका रेग्मीले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गर्नुभएको थियो ।

    बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रेग्मी भीमबहादुर रावल निकट मानिनुहुन्छ । रेग्मीले समूह परिवर्तन गरेसँगै सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षीय प्रदेशसभा सदस्यको संख्या सात पुगेको छ । यस प्रदेशमा अब सभामुखबाहेक २४ जनामध्ये ओली पक्षमा ७ र नेपाल पक्षमा १७ सांसद देखिनुभएको छ । नेपाल समूहले साथ दिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार १४:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images