पत्रकारले अपमान र चरित्रहत्या गरे: निवर्तमान मन्त्री प्रेम आले
  • CIA Khabar

  • काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेम आलेले आफूमाथि पत्रकार अब्दुल्लाह मियाले लगाएको आरोप झूठो रहेको भन्दै पत्रकारले आफू र आफ्नो सचिवालयसँग अनुचित लाभ लिन नपाएपछि चरित्रहत्या गरेको आरोप लगाएका छन् । निवर्तमान मन्त्री आलेले पत्रकार मियालाई टेलिफोनमा धम्की दिएको भन्दै पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा लगायतले आपत्ति जनाएका छन् ।

    आलेले भने आफूले धम्की नदिएको तर पत्रकारबाट आफू पीडित भएको दावी गरेका छन् । आफू पत्रकारको हकहित, व्यावसायिकता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै भविष्यमा पनि त्यसमा प्रतिबद्ध रहने आलेले प्रेस विज्ञप्तिमा भनेका छन् । उनले व्यक्तिगत अपमान र चरित्र हत्या गर्ने उद्देश्ये भ्रामक समाचार प्रकाशित नगर्न र प्रश्रय नदिन सम्बद्ध सन्चारगृहलाई आग्रह गरेका छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार १७:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images