एकै दिन ५१५३ मा संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो
  • CIA Khabar

  • काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ५,१५३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ वटा पीसीआर र ५,६११ वटा एन्टीजेन नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार कोभिडको कारण मृत्यु हुनेको कूल संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ ।

    मंगलबार ६,५७० जना निको भएका छन् । निको हुने दर ८४।७ प्रतिशत पुगेको छ ।

    कुल सङ्क्रमितमध्ये ८४.७ प्रतिशत निको भएका छन् भने १।६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

  • २५ जेष्ठ २०७८, मंगलवार १८:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images