आज ५३ अंकले बढ्यो नेप्से, १६ अर्ब ९५ करोडको कारोबार
  • CIA Khabar

  • काठमाडौँ। शेयर बजार परिसूचक नेप्से मंगलबार ५३.४४ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्सेमा उत्साहजनक वृद्धि भइ आज २९६०.१४ बिन्दुमा पुगेको हो ।

    आज होटल, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूहबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ । विकास बैंक ९.०४ प्रतिशतले बढेको छ त्यस्तै वित्त समूहको परिसूचक ८.७१ प्रतिशतले बढेको छ ।

    बैंकिङ समूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ । सात कम्पनीको शेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, जानकी फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री फाइनान्सको शेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो । सर्किट ब्रेकर लागेका कम्पनीसँगै ३६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

    आज ३ करोड ५७ लाख कित्ता शेयर किनबेच भएका छन् । कुल १६ अर्ब ९५ करोड रुपैयाँ शेयर कारोबार भएको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार १९:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images