मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
  • CIA Khabar

  • काठमाडौं । मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउन १५ दिनभित्र विपक्षीलाई झिकाउने आदेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले दायर गरेको रिटमाथि मंगलवार भएको सुनुवाइपछि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीसँग मन्त्रिपरिषद् पुनर्गठनको कारण माग गरेको छ ।

    रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको थियो । अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु पर्ने वा नपर्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश जारी गरेको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार १९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images