रामपुर नगरपालिकाले वडा–वडामा चलायो खोप
  • CIA Khabar


  • पाल्पा –
    रामपुर नगरपालिकाले नगरका प्रत्येक वडामा सञ्चालन गरेको कोभिड खोप केन्द्रबाट ४ सय बढीले खोप लगाएका छन् ।
    यस अघि जिल्लाका केही पालिकाले २/३ वडालाई पायक पर्ने गरि परिक्षण र खोप केन्द्र तोकेपछि अब्यवस्थित र भिडभाड प्रति सजगता अपनाउदै जिल्ला स्वास्थ्य कार्यालयले न्युनतम मापदण्ड अपनाई आम नागरिकलाई वडा तहबाटै सेवा दिनुपर्ने जनाएपछि वडा तहबाटै खोप दिइएको छ । १० वटा वडा रहेको रामपुर नगरपालिकामा १० वडामा नै खोप कार्यक्रम चलेको थियो । पहिले ६० देखि ६४ उमेर समुहका जेष्ठ नागरिकलाई खोप दिने घोषणा गरेको सरकारले २ दिनपछि ६२ देखि ६४ उमेर समुहलाई यो चरणमा खोप लगाउने निर्णय सच्यायो ।
    जस अन्तर्गत रामपुर नगरपालिकाले चलाएको २ दिने खोप अभियानमा रामपुर नगरपालिकाका ४ सय ७ जनाले खोप लगाएको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले बताउनुभयो । झण्डै ५ सयको लक्ष्य रहेको नगरमा २ दिनमा २ सय १५ महिला र १ सय ९२ जना पुरुष गरि ४ सय ७ जनाले खोप लगाएका घिमिरेले जानकारी दिनुभयो । कोभिड१९ संक्रमण विरुद्धको भेरोसेल खोप नगरका सबै वडामा लगाइएको हो । जेठ २५ र २६ गते २ दिने अभियानबाट सो नागरिकले खोप लिएका हुन् । साथै अभियानमा छुट्न पुगेका सो उमेर समुहका जेष्ट नागरिकलाई जेठ २७ गते रामपुर अस्पतालमा खोप लगाउने व्यवस्था समेत गरेको घिमिरेको भनाई छ ।
    नगरपालिकाले वडा नम्बर १ को गाँडाकोट स्वास्थ्य चौकी, २ को आधारभूत स्वास्थ्य केन्द्र भलायटार, ३ को शहरी स्वास्थ्य केन्द्र रजघरा, ४ को आधारभूत स्वास्थ्य केन्द्र देविस्थान, ५ को रामपुर अस्पताल, ६ को आधारभूत स्वास्थ्य केन्द्र तिलकपुर, ७ को आधारभुत स्वास्थ्य केन्द्र बिरेन्द्रटार, ८ को स्वास्थ्य चौकी कुमराङ्ग, ९ को आधारभूत स्वास्थ्य केन्द्र जब्गादी र १० को गेझा स्वास्थ्य चौकीमा खोप केन्द्र सञ्चालन गरेको थियो ।

  • २७ जेष्ठ २०७८, बिहीबार ००:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images