रारा तालको सौन्दर्यदेखि मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा ! हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरता देखेपछि उपमा के दिऊँ भनेर झट्ट अलमलिन्छन् ।
मुगुको जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९ सय ९० मिटर उँचाइमा पर्छ । वरिपरि जंगलको बीचमा रहेको राराको भ्रमणमा आउनेहरु घण्टौं समय बितेको पत्तो पाउँदैनन् । ताल नै यति फराकिलो छ, पूरै एक फन्का लगाउन पाँच घन्टाको समय लाग्छ ।
तस्विर : भरतबन्धु थापा/अनलाइन खबर