पाँच रोचक तथा ज्ञानबर्द्धक तथ्य
  • CIA Khabar

  • १. टेनिस कोर्टहरु

    हामीहरुले टेनिस खेल त देखेकै हुनुपर्छ । टेनिस खेल्ने कोर्टहरु तीन प्रकारका हुन्छन् : Clay court, Hard court र Grass court ।

    २. शब्दहरु

    विश्व प्रसिद्ध साहित्यकार शेक्सपियरले Assassination (हत्या) र Bump (आघात) शब्दहरु पहिलो पटक प्रयोगमा ल्याएका थिए ।

    ३. गल्फको बल

    सन् १८५० भन्दा अघि गल्फ खेलमा प्रयोग गरिने बल छालाबाट बनाइने गरिन्थ्यो । त्यस बलभित्र प्वाँखहरु खाँदिएको हुन्थ्यो ।

    ४. पृथ्वीदेखि यमसम्म

    प्रकाशलाई पृथ्वीदेखि यम ग्रहसम्म पुग्न ६ घण्टा लाग्ने गर्छ । प्रकाश एक सेकेण्ड बराबर १ लाख ८६,००० माइलको गतिमा हिँड्ने गर्छ ।

    ५. पेपर क्लिप

    पेपर क्लिपका आविष्कारक Johann Vaaler लाई मानिन्छ । उनको जन्म सन् १८६६ मा नर्वेमा भएको थियो । उनले सन् १८९९ मा पेपर क्लिप बनाएका थिए ।

    साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

  • २६ जेष्ठ २०७८, बुधबार ०७:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images