के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने ?
  • CIA Khabar

  • गवान शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्धारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठुलाठुला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ ।

    महामृत्युन्जय मन्त्रको महत्व
    ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
    उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

    किन जप्ने महामृत्युञ्जय मन्त्र ?
    १. देवादिदेव महादेवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले यसको जपले जीवनका कैयौं समस्या, बाधा निवारण हुनुका साथै आयू वृद्धि हुने धार्मीक विश्वास छ ।
    २. यस मन्त्रको जप गर्दा भगवान शिवसमेत प्रसन्न भएकाले कुडलीमा गम्भीर रोग, दुर्घटना वा अकाल मृत्युको योग भए सो समेत टर्ने विश्वास गरिन्छ ।
    ३. कसैको मनमा कुनै डर वा भय भएमा दैनिक १०८ पटक महामृत्युन्जय मन्त्रको जप गरेमा मन शान्त हुने र सबै डर निवारण हुने विश्वास गरिन्छ ।

    कसरी जप्ने ?
    १. यसकालागि दैनिक नुहाए पश्चात रुद्राक्ष मालामा १०८ पटक यस मन्त्रको जप गर्नुपर्ने मान्यता छ ।
    २. महामृत्युन्जय मन्त्रको जप सोमवार वा प्रदोषका दिन गरेमा विशेष लाभ मिल्ने धार्मीक मान्यता छ ।
    ३. यो मन्त्र जप गर्दा रुद्राक्ष मालाद्धारा गरेमा बढि लाभ मिल्दछ । अन्यथा संख्याहीन जप गर्दा फल प्राप्त नहुने धार्मीक विश्वास छ ।
    ४. यो मन्त्र जप गर्दा शिवको प्रतिमा, तस्वीर, शिवलिंग वा महामृत्युन्जय यन्त्र सामुन्नेमा राख्नु पर्दछ ।
    ५. जप गर्दा हाइ काढ्न, आलस्य गर्न र मन डुलाउनु हुदैँन ।
    ६. मन्त्र जप गर्दा कसैसंग पनि कुरा गर्नु हुदैँन ।

  • २६ जेष्ठ २०७८, बुधबार ०७:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images