संवैधानिक इजलासमा दुई न्यायाधीशले आफ्नो लिखित राय सुनाउने
  • CIA Khabar

  • काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) वमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरुमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलास आज बस्दैछ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण दुई दिन स्थगित भएको इजलास आज बस्न लागेको हो । आज दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने भएका छन् ।

    दुवै न्यायाधीशले यसअघि इजलासमा रहेका न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठका सन्दर्भमा गरेका आदेश र मुद्दाका सन्दर्भमा एक पक्ष लिएको भन्दै महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका कानुन व्यवसायीले निष्पक्ष न्यायमा शंका गर्दै उनीहरुले इजलास छाड्नु उपयुक्त हुने जिकिर गरेका थिए ।

    सोही विवादका कारण संवैधानिक इजलास नियमित सुनुवाइमा प्रवेश गर्न सकेको छैन । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश कार्की र भट्टराईले आफूहरुमाथि उठेका प्रश्नको सन्दर्भमा लिखित राय तयार पारेका छन् ।

  • २६ जेष्ठ २०७८, बुधबार ०९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images