प्रदेश- २ मा मन्त्रालयको बाँडफाँटका लागि तीन दल छलफलमा
  • CIA Khabar

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस र माओवादी केन्द्र पनि सम्मिलित हुने भएका छन् । मंगलबार जसपा (उपेन्द्र यादव पक्ष), काँग्रेस र माओवादीबीच सत्ता सहकार्यको सहमति भएपछि बुधबार मन्त्रालयको बाँडफाँटका लागि छलफल जारी छ ।

    प्रदेश २ काँग्रेस संसदीय दलका नेता रामसरोज यादवका अनुसार विहान ९ बजेदेखि तीन दल छलफलमा छन् । मन्त्रालयको संख्या र कसले कुन दलले कतिवटा प्राप्त गर्ने विषय टुंगिएको माओवादीका सांसद भरत साहले जानकारी दिए ।

    तीन दलको सत्ता सहकार्य हुने भएपछि प्रदेश २ मा ६ वटा मन्त्रालयलाई फुटाएर १० मन्त्रालय बनाइँदै छ । जसपा मुख्यमन्त्री लालबाबु राउतले ५ वटा मन्त्रालयले आफूसँग राखेर काँग्रेसलाई तीन र माओवादीलाई दुई मन्त्रालय दिन लागेको बुझिएको छ । तर काँग्रेसले प्रदेशमा आफ्नो उपस्थिति अनुसार मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १०:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images