गण्डकी काँग्रेस संसदीय दलको बैठक बस्दै
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।

    काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीका अनुसार बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिने विश्वास मतका सन्दर्भमा काँग्रेसले छलफल गर्न लागेको छ । उनले भने, ‘भोलि मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको विपक्षीमा मत जाहेर गर्न पार्टीका सांसदलाई ह्वीप जारी गर्छौं ।’

    संविधानको १६८ ९३० अनुसार प्रदेशसभाको ठूलो दलको आधारमा पुनः मुख्यमन्त्री बनेका गुरुङले भोलि विश्वासको मत लिँदैछ । तर अहिलेसम्म उनले विश्वासको मत प्राप्त गर्ने आधार बनेको छैन । यता विपक्षी गठबन्धनले पनि बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्ने परिस्थिति बनेको छ ।

    जनमोर्चाका सांसद कृष्ण थापाको पुनर्वहालीसँगै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई बहुमत जुटाउन कठिन छ । तर सभामुख र नेकपा एमालेको माधव नेपाल पक्षमा सांसदको राजीना आएका अवस्था विपक्षी गठबन्धनले बुहमत जुटाउने सम्भावना भने जिवितै छ ।

    यता प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि समय उपलब्ध गराउने होइनन् कि भन्ने विपक्षीमा आशंका देखिन्छ ।

    यसअघि पनि चार दलको समर्थनमाम काँग्रेस संसदीय दलका नेता नेपालीले संविधानको धारण १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले बहुमत सांसदको हस्ताक्षर नभएको भन्दै अस्वीकार गरिदिएकी थिइन् ।

    प्रदेश प्रमुखको साथ लिएर १६८ ९५० लाई पालन नगरी निर्वाचन घोषणा गर्ने दिशामा मुख्यमन्त्री जान लागेको विपक्षीको आशंका छ ।

    एमालेले सरकार गठन गर्न सक्ने अवस्था छैन भन्दैमा प्रदेश प्रमुखले संविधान विपरीत गएर सरकार गठनका लागि आह्वान गर्न रोक्न नहुने नेपालीको भनाइ छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १५:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images