सभामुख सापकोटाले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक
  • CIA Khabar

  • काठमाडौँ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित संसद्‍मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

    बुधबार सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र दलका नेताहरूलाई पत्र लेखी समसामयिक विषयमा छलफल गर्न शुक्रबार बोलाएका हुन् । उनले लेखेको पत्रका २८ जेठमा दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा समसामयिक विषयमा छलफल हुने उल्लेख छ ।

    ‘उपरोक्त सम्बन्धमा समसामयिक विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्न देहायको मिति, समय र स्थानमा आयोजना गरिएको छलफल कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूको गरिमाय उपस्थितका लागि हार्दिक आमन्त्रण गर्दछु’ उनले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा भनिएको छ ।

     

  • २६ जेष्ठ २०७८, बुधबार १८:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images