कर्णाली प्रदेशसभा : एमाले सांसद आफू बोल्छन्, अरूका कुरा सुन्दैनन्
  • CIA Khabar

  • कर्णाली ।नेकपा एमाले संसदीय दलले कर्णाली प्रदेशसभाको बर्खे अधिवेशन बोलाउनु पर्ने माग राख्यो । त्यही अनुसार कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले २४ जेठ दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिदिए ।

    २४ जेठ दिउँसो दुई बजे बसेको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले एमालेबाट फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाको राजीनामा मागेर संसद अवरुद्ध गर्‍यो ।

    बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने बताए । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो होइन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन,’ उनले भने, ‘सरकार अधिवेशन चलाउन चाहन्छ भने त्यस्ता व्यक्तिलाई मन्त्रीबाट हटाओस् । बजेट, नीति तथा कार्यक्रम ल्याउनुहोस् । त्यसमा हामी सकारात्मक छौँ । रचनात्मक सहयोग गर्न तयार छौँ ।’

    बैठक सुरु हुनासाथ अवरुद्ध भएपछि आधा घण्टाका लागि संसद बैठक स्थगित भएको थियो । त्यसपछि फेरि सुरु भएको बैठकमा एमालेका सांसद करबिर शाहीले मन्त्री थापालाई पदबाट नहटाएसम्म संसद बैठक चल्न नसक्ने जानकारी गराएपछि अर्को बैठक २५ जेठ दिउँसो २ बजेका लागि तोकिएको थियो ।

    २५ जेठमा बोलाइएको बैठक नै बस्न सकेन । त्यो बैठक पनि बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँस गरेर २६ जेठ दिउँसो २ बजेसम्म बैठक स्थगित गर्‍यो । २६ जेठ दिउँसो २ बजे पुनः संसदको बैठक बस्यो । संसदको बैठक बस्न साथ एमाले संसदीय दलका नेता कँडेलले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको बताए ।

    ‘यो सरकारको सदनबाट बजेट ल्याउने नियत छैन । बाटो छँदैछ भन्दै मनोविज्ञान सम्प्रेषण गरिरहेको छ,’ उनले भने, ‘राजनीतिक प्रतिशोधका रूपमा उक्त कुरा उठाएका होइनौं । पात्रका बारेमा कुरा उठाएका होइनौं । प्रवृत्तिबारेमा उठाएका हौँ ।’

    कँडेलले सरकार संसदबाट भाग्न खोजेको आरोप लगाए । ‘यो सरकार संसदबाट बजेट ल्याउने पक्षमा छैन,’ उनले भने,‘सरकार समय खेर फाल्न चाहन्छ ।’ उनले संसदमा करिब आधा घण्टा बोलेर बेञ्चमा नबसेर उनीसहित अन्य सांसदहरू उठेर मौन बसे । सभामुख राजबहादुर शाहीले आधा घण्टाका स्थगित गरेको संसद बैठक बस्न सकेको छैन ।

    सरकार पक्ष भन्छ- उहाँहरू कार्यसूचीमा प्रवेश नै गर्न दिनुहुन्न

    बजेट अधिवेशन बोलाएको सरकारले एमालेले संसद अधिवेशनको कार्यसूचीमा नै प्रवेश गर्न नदिएकाले संसद अधिवेशन चल्न नसकेको बताएको छ ।

    सत्ता पक्ष माओवादी केन्द्रका एक मन्त्रीले आफूहरू बजेटको अन्तिम तयारीमा रहेको र बजेट संसदमै पेस गर्ने बताए ।  ‘‘नीति तथा कार्यक्रम संसदमा पेस गर्न खोजेका थियौं, ’ उनले भने, ‘एमालेका साथीहरू अरूलाई लोकतन्त्रको पाठ पढाउनु हुन्छ । तर, संसद सधैँ अवरुद्ध गर्नुहुन्छ।

  • २६ जेष्ठ २०७८, बुधबार १८:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images