डेनमार्कबाट खोप ल्याउन इमेल एक्सचेन्ज भएको छ : स्वास्थ्य मन्त्रालय
  • CIA Khabar

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेनमार्कबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन डेनमार्क सरकारसँग इमेल आदान–प्रदान भइरहेको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले डेनमार्कबाट खोप ल्याउन प्रयास जारी रहेको बताउदै उनले भने,  “प्रयास भएको छ, इमेल एक्सचेन्ज भएको छ, अहिलेसम्म टुंगो लागेको छैन । हामी सकारात्मक परिणामको प्रतीक्षामा छौँ ।”

    नेपालले डेनमार्क, अमेरिकालगायत अस्ट्राजेनिकाको खोप खरिद गरेका तर प्रयोग नगरेका राष्ट्रहरुसँग ती देशमा ‘स्टक’मा रहेको अष्ट्राजेनिकाको खोप नेपाललाई उपलब्ध गराइदिन पत्राचार गरेको थियो ।

  • २६ जेष्ठ २०७८, बुधबार १९:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images