प्राध्यापक–कर्मचारी र विद्यार्थीलाई प्राथमिकतामा राखी तत्काल खोप लगाउ : प्राध्यापक संघ
  • CIA Khabar

  • काठमाडौँ।प्रजातन्त्रवादी प्राध्यापकहरूले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई तत्काल खोप लगाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले महामारीका कारण कतिपय शिक्षक–कर्मचारीको ज्यान गए पनि विश्वविद्यालयहरू भने समवेदना दिएर मात्रै पन्छिरहेको आरोप लगाए।

    प्रजातन्त्रवादी प्राध्यापकहरुको समूह प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘विश्वविद्यालय प्रशासन मृतकको सूची निकालेर समवेदना दिएर मात्र जिम्मेवारीबाट पन्छिँदै छ। आफ्नो सम्पूर्ण जीवन विश्वविद्यालयमा समर्पण गरेका व्यक्तिलाई विश्वविद्यालयले बेवास्ता गरेर गैरजिम्मेवार चरित्र देखाउनु लज्जाको विषय हो।

    संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ्, ‘विश्वविद्यालयका पदाधिकारीलाई यस्तो अमानवीय प्रवृत्ति सच्याएर कोभिड–१९ बाट ज्यान गुमाएका प्राध्यापक–कर्मचारीका आश्रित परिवारका लागि उचित राहतको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौं।’

    विश्वविद्यालयका प्राध्यापक–कर्मचारी र विद्यार्थीलाई प्राथमिकतामा राखी छिटोभन्दा छिटो खोप उपलब्ध गराएर मात्र शैक्षिक क्षेत्र चलायमान हुन्छ ।

  • २६ जेष्ठ २०७८, बुधबार २०:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images