मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने
  • CIA Khabar

  • काठमाडौ । मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ ।

    माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो ।
    माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए ।

    उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए ।

    आजै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन । माओवादीसँग कुरा नमिल्दा काँग्रेसतर्फका मन्त्रीहरुको शपथमा पनि ढिलाइ भएको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार २१:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images