गण्डकी।गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन (भ्याकेट)माथि आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालकाे इजलास पेसी ताेकिएकाे छ ।
यसअघि गत आइतबार न्यायाधीश चुडालकाे एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले दिएकाे पुनरावलोकन निवेदन हिजाे दर्ता भएको थियाे । अब साेही आदेश पुनरावलाेकन माग गर्दै परेकाे भ्याकेटमा सुनुवाइ गर्न प्रधानसहित चुडाल पनि ताेकिएका हुन् ।