आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।सुनको मूल्य प्रोतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज घटेको मूल्यसँगै आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि बुधबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

  • २७ जेष्ठ २०७८, बिहीबार १२:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images