सात नयाँ मन्त्रीमा बादलकी पत्नीदेखि माधव पक्षका नेतासम्म, शपथ आजै
  • CIA Khabar

  • काठमाडौँ।कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

    नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ । मन्त्री हुनेहरूमा खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव र एक राज्यमन्त्री आशा विक छन् ।

    प्रधानमन्त्रीले यसअघि २५ जेठमा मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए ।

  • २७ जेष्ठ २०७८, बिहीबार १२:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images