मन्त्रिपरिषद् विस्तार : गृहमन्त्रीमा खगराज अधिकारी, अरु को-को थपिए ?
  • CIA Khabar

  • काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गरएका प्रधानमन्त्री ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् ।

    यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैंले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।

    प्रधानमन्त्री ओलीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री, कैलालीका नारदमुनी राना वनमन्त्री, मोहन वानियाँ विनाविभागीय र  नैनकला थापा पनि मन्त्रीमा नियुक्त गरेका हुन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्‍नीलाई सञ्‍चार मन्त्री बनाउने तयारी छ ।

    यस्तै ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन्  ।

    नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बिहीबर नै गराइने तयारी छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार १२:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images