काठमाडौँ । एमाले नेता माधवकुमार नेपाल समूहका गणेश पहाडी मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएका पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए । तीमध्ये पहाडी पनि एक हुन् ।
पहाडी पछिल्लो पटक नेपाल समूहका सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको दाबीमा हस्ताक्षर गरेका थिएनन् । सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पहाडी एमाले नेता योगेश भट्टराई निकट मानिन्छन्।
पहाडीले पछिल्लो समूह पार्टी एकताका लागि पहल गर्दै आएका छन् ।