रातो पासपोर्ट काण्डमा मुछिएका राना र फ्रि-तिब्बत आन्दोलनमा जोडिएका मियाँलाई ओलीले बनाए मन्त्री
  • CIA Khabar

  • ०६७ को अन्तिममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रानासहित अन्य चार सांसदले रातो पासपोर्ट बेचेकोमा अनुसन्धान गरेको थियो । प्रहरीले पासपोर्टको फोटो परिवर्तन गर्नेलगायतका काममा संलग्न विचौलियादेखि अध्यागमन कार्यालयका कर्मचारीलाई समेत पक्राउ गरेको थियो । रातो पासपोर्ट किनबेच संगठित रूपमा भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    सीआईबीले अनुसन्धान सकाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रानासहितका सांसदविरुद्ध विशेष अदालतमा वैशाख ०६८ मा मुद्दा दायर गरेको थियो । बिगो जरिवानासहित ८ देखि १० वर्ष कैद सजायको माग गर्दै अख्तियारले दायर गरेको थियो ।

    शपथ लिन तम्तयार भएर बसेका रानाचाहिँ आफूले अदालतबाट सफाइ पाइसकेकाले पुरानो प्रकरण उप्काउनुको अर्थ नभएको दाबी गर्छन् । ‘सफाइ पाएरै चुनाव जितेर आएको हुँ,’ उनले भने ।

    प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्‍मा अर्का एक जना पनि विवादास्पद नेता मन्त्री भएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट युवा तथा खेलकुदमन्त्री भएका एकवाल मियाँ ०७५ मा विवादमा तानिएका निवर्तमान सांसद हुन् । मियाँ त्यतिबेला स्वतन्त्र तिब्बतसँग सम्बन्धित एक कार्यक्रममा सहभागी भएर विवादमा तानिएका हुन् ।

    लाटभियाको संसदको ‘तिब्बतका लागि सहयोग समूहको सहयोगमा टिबेटियन पार्लियामेन्ट इन एक्साइल’ले आयोजना गरेको सातौँ पार्लियामेन्टेरियन कन्भेन्सन अन तिब्बतमा नेपालबाट मियाँसहित दुई जना सांसद सहभागी भएका थिए । जसपाका अर्का सांसद प्रदीप यादव पनि मियाँसँगै लाटभिया पुगेका थिए ।

    लाटभियाको रिगामा आयोजना भएको सम्मेलनमा नेपाल, भारतसहित विभिन्न देशमा करिब २५ सांसद सहभागी थिए । मियाँसहित दुई सांसद उक्त कार्यक्रममा सहभागी भएको सूचना चुहिएलगत्तै चीनले सरकारसँग गम्भीर प्रश्न उठाएको थियो । चीनको आपत्तिपछि परराष्ट्र मन्त्रालयले १४ मे २०१९ मा विज्ञप्ति निकाले सांसदको सहभागिताको विषयमा अनभिज्ञता प्रकट गर्‍यो । त्यसलगत्तै तत्कालीन समाजवादी पार्टीले यादवलाई कारबाही गरेको थियो । तर, मियाँलाई भने तत्कालीन राजपाले केही पनि गरेको थिए ।

    युवा तथा खेलकुदमन्त्री मियाँ आफू झुक्किएर लाटभिया पुगेको बताएका छन् । मियाँले एनजीओको कार्यक्रम भनेर लाटभिया गएको तर पछि तिब्बतीसम्बन्धी कार्यक्रम भन्ने थाहा पाएको बताए । मियाँले भने, ‘एनजीओको कार्यक्रममा गएको हो । त्यहाँ पुगेपछि मात्रै थाहा भयो तर हामीले कहीँकतै सही छाप गरेका छैनौँ । तिब्बतीसम्बन्धी कार्यक्रम भन्ने थाहा पाएपछि उद्घाटन समारोहपछिका कार्यक्रममा सहभागी भएका छैनौँ ।

  • २७ जेष्ठ २०७८, बिहीबार १३:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images