गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा तटस्थ बसेका छन् । पार्टीले जारी गरेको ह्वीप उल्लंघन गर्दै उनी तटस्थ बसेका हुन् ।
बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत मागेका थिए । गुरुङले मागेको विश्वासको मतको विपक्षमा मत दिन राष्ट्रिय जनमोर्चाले ह्वीप जारी गरेको थियो ।