सुर्खेत । कर्णालीमा फिरन्ते जिवत बिताउदै आएका राउटे समुदायहरुले आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसंग भेटघाट गरेका छन । भेटघाटको क्रममा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि माननीय मुख्यमन्त्रीज्यूसमक्ष अनुरोध गरेका छन।
माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राउटे समुदायको संरक्षण एवं खाद्धान्न लगायतका दैनिक उपभोग गर्ने आवस्यक सामाग्रीहरु प्रदेश सरकारले उपलब्ध गराउने वताउनुभएको छ।
पछिल्लो समयमा राउटे समुदायमा देखिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै मुख्यमन्त्री शाहिले राउटे समुदायको समस्याका बारेमा प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण गरेको पनि बताउनुभयो।
मुख्यमन्त्री शाहिले आज राउटे समुदायलाई खाद्धान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाइ निर्देशन समेत दिनुभएको छ। भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी. ज्यूको पनि सहभागिता रहेको थियो।