नेबि संघ र तरुण दलद्वारा आगलागी पिडीतलाई घर निर्माण सामग्री र खाद्यन्न हस्तान्तरण
  • CIA Khabar

  • कपिलवस्तुसामाजिक कार्यमा सधै अग्रपंतिमा रहेर पिडीतको घाउमा मलम लगाउँदै आएको नेविसंघ र तरुण दल कपिलवस्तुले आगलागिबाट पिडीत भई खुल्ला आकाशमुनि रातदिन बिताउन बाध्य भएका परिवारका लागि घर निर्माणका लागि सामाग्री तथा लत्ता कपडा र खाद्यन्न हस्तान्तरण गरेको छ । नेबिसंघ कपिलबस्तु र नेपाल तरुणदलले बाणगंगा नगरपालिका–१० पटना स्थित सोनपुरका अत्ति विपन्न प्रदिप कोहारको परिवारलाई घर बनाउनका लागि ईट्टा, जस्तापाता लगाएतका निर्माण सम्बन्धि सामाग्री तथा दाल, चामल, नुन, तेल, आलु, तरकारी, सरफ, साबुन, पोषाक लगायत १ लाख ५० हजार रुपैंया रकम बराबरको सामाग्री हस्तान्तरण गरिएको नेबिसंघका क्षेत्रिय सभापती चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।

    No description available.

    प्रदिप कहारले अफ्नो परिवारमा भुजा भुटेर र लेबर काम गरेर दैनिक जिवन निर्वाह गर्दै आएका थिए । एक महिना अगाडी आगलागी भएर घर सहित सम्पूर्ण सामानहरु जलेर नष्ट भएको प्रदिप कहारको परिवारलाई कहि कतैबाट पर्याप्त सहयोग नभएको भन्ने खबर थाहा पाएपछि नेविसंघ र तरुण दलले जेठ १८ गते स्थलगत अनुगमन गरि पिडीत परिवारलाई सहयोग गर्ने निर्णय गरेको थियो । कोरोनाको यस बिसम परिस्थितीमा पानी पर्दा अर्काको घरमा ओत लाग्ने र बिदो हुँदा त्रिपालमुनिको वास बिताउँदै आएको त्यो पिडीत परिवारलाई केही दिन भित्रै सम्पुर्ण व्यवस्था गरिदिने प्रतिबद्धता गरेको थियो । १० दिनमा नै सहयोग जुटाई प्रतिबद्धता पुरा गरिएको नेबिसंघका क्षेत्रिय सभापती पोख्रेलले जानकारी दिए ।

    No description available.

    यस्तै कोरोनाको महामारी त्यसमाथि प्रचण्ड गर्मीसँगै अकस्मात आउने हावाहुरी बाट थिचोमिचोमा परेको परिवारलाई सामाग्री हस्तान्तरण गर्दै तरुण दल कपिलवस्तुका सभापती शक्ति सिंह ठकुरीले जहाँ जसलाई दुख र समस्या पर्छ त्याहाँ नेबिसंघ र तरुण दल पुगी पीडीतहरुको घाउँमा मलम लगाउँदै आएको बताए । उक्त घर निर्माणका लागि करुण तण्डन, शंकर न्यौपाने, बिष्णु खनाल, मिना सुबेदी, हरिकला थापा, दीपा लामा र स्वर्गीय श्रीमती पार्बती बरालको सम्झनामा श्रीमान सुर्य बराल लगायतबाट सहयोग संकलन गरिएको थियो । सो कार्यक्रममा मुकेश खनाल, राम नक्षेत्र चौधरी, डिल मायाँ थापा, बिन्दु बिक, काशीराम चौधरी, कृष्ण पराजुली, गोबिन्द आचार्य र दिनेश क्षेत्री लगाएतको सहभागिता रहेको थियो ।

    No description available.

    घर बनाउने सामाग्री, खाद्यान्न र लत्ता कपडा पाएपछि आगलागिबाट पिडीत भई जोखिममा दैनिकी बिताउँदै आएका प्रदिप कोहारले खुशी व्यक्त गर्दै नेबिसंघ र तरुण दललाई धन्यबाद दिएका थिए । पिडीत कोहारका १ श्रीमती र २ छोरा छन् । विपतमा परेकाहरुका लागि सामाजिक कार्यको यस अभियानमा नेविसंघ र तरुण दलको ऐक्यबद्धता रहेको नेविसंघका क्षेत्रिय सभापती पोख्रेलले बताए ।

  • २८ जेष्ठ २०७८, शुक्रबार १९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images