कांग्रेस सांसद बैद्यलाई २४ घण्टाभित्र कारवाही नगरे आवश्यक कदम चाल्छौं: संयोजक महर
  • CIA Khabar

  • काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले नेपाली कांग्रेसको वाग्मती प्रदेशका सदस्य नरोत्तम बैद्यलाई २४ घण्टाभित्रमा कारवाही नगरे अनेरास्ववियुले आवश्यक कदाम चाल्ने चेतावनी दिनुभएको छ ।

    कांग्रेस सांसद बैद्यले हिजो प्रदेश सभाको बैठकमा प्रदेशको नीति तथा कार्यक्रमको विषयमा भइरहेको छलफलको क्रममा रोष्टममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने धम्की दिनुभएको थियो । वैद्यको सो अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले समेत आपत्ती जनाई सार्वजनिक रुपमा माफि माग्नलाई निर्देशन समेत दिनुभएको छ ।

    सोही प्रशंगमा संयोजक महले एक विज्ञप्ती जारी गर्दै उक्त अभिव्यक्ति अपराधिक तथा आतंककारी शैलिको भएको भन्दै आपत्ती जनाउनुभयो । संयोजक महरले नेपालमा कानुनी राज्यको स्थापना भएको अनुभुत गराउन सरकारसँग माग गर्नुभएको छ । सानालाई ऐन, ठूलालाई चैन हुनु नहुने उल्लेख गर्दै संयोजक महरले कानुन अनुसार पक्राउ गरी सांसद वैद्यलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभयो । मुलुकको कार्यकारी प्रमुखलाई हत्या गर्ने धम्की दिइरहेको समयमा सांसद वैद्यले संविधानले नागरिकलाई प्रधान गरेको स्वतन्त्र अभिव्यक्तिको समेत चरम रुपमा दुरुपयोग गरेको भन्दै उहाँले आक्रोस जनाउनुभयो ।

    उहाँले भन्नुभएको छ, ‘सत्ता भन्दा बाहिर रहनु पर्दा सत्ता प्राप्तिको लागि कांग्रेस कुन हद सम्म जान सक्छ भन्ने कुरा बुझ्न बागमती प्रदेश सभाको बैठकमा कांग्रेस साँसद नरोत्तम बैध्यको अभिव्यक्ति ले पुष्टि गर्छ । प्रदेश सभाको गरिमामय बैठकमै देशको कार्यकारी प्रमुख सम्माननिय प्रधानमन्त्री केपी ओलीको हत्या गर्न आफू नाथुराम गोट्से बन्ने जस्तो कायरतापुर्ण घृणित र सतापिपासु अभिव्यक्तिको घोर भर्त्सना एवं निन्दा गर्दछु । निज अपराधी मानसिकता का ब्यक्तिलाई सांसद पदबाट निलम्बन गर्दै कानुनी कारबाही गर्न नेपाल सरकार र प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । अन्यथा निज अपराधी हाम्रो निगरानीमा भएको र २४ घण्टा भित्र कारबाही नगरिए यस्ता अपराधीलाई कारबाही गर्न अनेरास्ववियुले आवश्यक कदम चाल्ने ब्यहोरा जानकारी गराउन चाहन्छु ।’

    विज्ञप्ती

  • २९ जेष्ठ २०७८, शनिबार ०९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images