महिना दिनदेखि आइसोलेसनमा निशुल्क खाना
  • सीता डोटेल

  • पाल्पा ।  पाल्पाको रामपुरमा रहेको रामपुर युवा क्लब र ट्राभल डेन्टिस्ट्री नेपाल संस्थाले रामपुरको आइसोलेसनमा महिना दिन देखि खाना खुवाउदै आएको छ ।
                रामपुर अस्पतालमा कोभिड१९ को बिरामी आएर आइसोलेसन शुरु भएको २ दिनदेखि नियमित रुपमा यी संस्थाले निशुल्क खाना खुवाइरहेको छ । रामपुरका केही युवाहरुको पहलमा युवा क्लब र डेन्टल सञ्चालन गर्दै आएका होराइजन डेन्टल क्लिनिकका टिम मिलेर आइसोलेसनमा रहेका विरामी, उनीहरुको कुरुवा, सुरक्षा गार्ड, स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई दैनिक साँझ विहान खानाको व्यवस्था गरेको हो ।
             बैशाख अन्तिम साता रामपुर अस्पतालमा आइसोलेसन सञ्चालनमा आएको थियो । कोरोना संक्रमण तिव्र फैलिरहेका बेला अस्पताल क्षेत्रका होटेल व्यवसाय बन्द थिए । विरामीलाई झन् पोसिलो र झोलिलो खानुपर्ने अबस्थामा लकडाउनका बेला घर आफन्तीबाट ल्याउन सहज नहुनु र त्यहाँ पनि प्रबन्ध नभएका बेला युवाहरुले उदाहरणीय काम गरेका हुन् । रामपुर अस्पताल र रामपुर नगरपालिकाले समन्वयमा बनाएको आइसोलेसनमा खानाको प्रबन्धबारे खासै चासो थिएन । बिरामी र कुरुवालाई खाना खुवाउन नजिकका होटेल व्यवसायीलाई आग्रह गरेपनि कोरोना संक्रमणको जोखिम भन्दै खाना खुवाउन नसक्ने बताएपछि युवा क्लबको पहलमा यो अभियान युवाहरुले थालेका हुन् ।
       अस्पताल नजिक कोभिडको जोखिम हुन्छ नै रामपुर युवा क्लबका अध्यक्ष छम बहादुर दरैले भन्नुभयो–कोभिड सर्छ हामी खुवाउदैनौं भन्ने कतिपय व्यापारीको कुरा भयो भन्ने सुन्नमा आएपछि मानवीयताको हिसाबले पनि केही गर्नुपर्छ भन्ने हामीलाई लागेर निरन्तर खाना पु¥याइरहेका छौ । बैशाख ३० गतेदेखि आइसोलेसनमा बिरामी, उनीहरुका कुरुवा, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई दैनिक साझ बिहान खाना आफैंहरुले बनाएर खुवाउने गरेको अध्यक्ष दरैले बताउनुभयो ।यतिबेला संक्रमितलाई पोषिलो खाना खुवाउनुपर्ने हुन्छ, कोरोना वार्डमा रहेका बिरामी र आफन्तीले पैसा तिरेर पनि खान्छु भन्दा नपाएपछि कस्तो अबस्था भयो होला? क्लबका सचिब सुन्दर कडेंलले भन्नुभयो–तत्कालका लागि क्लबका सदस्यबाट रकम उठाएर खुवाउछौ भनेर लागियो अहिलेसम्म नियमित खुवाउन सकिरहेका छौं । अहिले अन्य शुभेच्छुक समेत जोडिनुभएको छ, उहाँहरुको नगद सहयोगले यो कार्य सम्भव छ । शुरुमा कम बिरामी हुनुहुन्थ्यो हामीले पहिलो दिन ७ जनालाई खाना लगेका थियौं क्लबका सचिब कडेंलले थप्नुभयो–अहिले सम्म एक छाकमा २०/२२ जनालाई खाना लगेका छौ । डेन्टल पुर्ण रुपमा बन्द छ क्लबका सिमित साथीहरु र डेन्टलका डा. सहित स्वास्थ्यकर्मी आफैंले खाना बनाउने हुँदा खाना पनि स्वस्थ्थकर नै भएको कडेलले बताउनुभयो । ५/७ जनाको टिम यही बस्ने खाना बनाउने व्यवस्था गरेका छौं होराइजन डेन्टल क्लिनिकका सञ्चालक डा. शंकर श्रेष्ठले भन्नुभयो । आइसोलेसन परिषरमा खाना पुर्‍याउने अर्काे टिम छ । हामी दैनिक फरक फरक तरकारी, फलफुल, मासु, दाल यसरी व्यवस्थापन मिलाएका छौ श्रेष्ठले थप्नुभयो ।           

               अस्पतालमा बिरामी थपघट सँगै खाना खानेहरुको थपघट हुन्छ, कसैले मासु खाने/नखाने हुनुहुन्छ हरेक दिन बिहान साझ आइसोलेसनमा डा.सँग बुझेर खानाको तयारी गरि छोड्न जाने गर्दछन् । क्लब र डेन्टलले गरेको यो सहयोगी भावनामा अहिले यस क्षेत्र सहित विदेशबाट मनकारीहरु जोडिनुभएको छ । बिभिन्न क्षेत्रबाट सहयोग रकम जुटेको छ, यसले पनि युवाहरुलाई यो काममा उत्साह थपेको छ ।
    कुनै झन्झट बिना नै रामपुर युवा क्लब र ट्राभल डेन्टिस्ट्री नेपालले १ महिना यता अस्पतालको आइसोलेसनमा नियमित साझ बिहान खाना खुवाइरहेका छन्–आइसोलेसनका फोकल पर्सन तथा रामपुर अस्पतालका डा.बासुदेव सुवेदीले भन्नुभयो । क्लब र डेन्टिस्ट्रीको निकै महत्वपुर्ण सहयोग आइसोलेसनमा छ डा. सुवेदीले भन्नुभयो–कोभिडको न्युनतम मापदण्ड अनुसार उहाँहरु आफै जोसिएर हामीलाई पनि हौसला दिनुभएको छ । आइसोलेसनमा डा. सहित नर्स, गार्ड तथा सहयोगी गरि दैनिक ५÷६ जना रेखदेखमा अस्पतालले व्यवस्था मिलाएको छ भने विरामी र कुरुवा पनि रहने व्यवस्था छ । युवाहरुको काम सानोतिनो होइन सहयोग गर्न जो कसैले सक्ला तर नियमित र निरन्तर खटिनु फरक छ त्यही माथि धेरै जनालाई साझ बिहान खाना पकाउने ल्याउने काम गर्नु आफैमा सहज छैन अस्पतालका निमित्त मे.सु.डा. बिजय परियारले भन्नुभयो । क्लबका साथीहरुले ठुलो उद्धार गर्नुभएको उहाँको भनाई छ ।

  • ३० जेष्ठ २०७८, आईतवार १०:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images