काठमाडौँ । नेकपा एमालेकी नेतृ मनकुमारी जिसीले नेपाली कांग्रेस वागमती प्रदेशका सांसद नरोत्तम बैद्यलाई पक्राउ गरी हदैसम्मको कानुनी कारवाही गर्न माग गर्नुभएको छ ।
कांग्रेस सांसद बैद्यले हिजो प्रदेश सभाको बैठकमा प्रदेशको नीति तथा कार्यक्रमको विषयमा भइरहेको छलफलको क्रममा रोष्टममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने धम्की दिनुभएको थियो । वैद्यको सो अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले समेत आपत्ती जनाई सार्वजनिक रुपमा माफि माग्नलाई निर्देशन समेत दिनुभएको छ ।
सोही प्रशंगमा एमाले नेतृ तथा निवर्तमान प्रतिनिधिसभाको सांसद जिसीले नेपालमा कानुनी राज्यको स्थापना भएको अनुभुत गराउन सरकारसँग माग गर्नुभएको छ । सानालाई ऐन, ठूलालाई चैन हुनु नहुने उल्लेख गर्दै नेतृ जिसीले कानुन अनुसार पक्राउ गरी सांसद वैद्यलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभयो । मुलुकको कार्यकारी प्रमुखलाई हत्या गर्ने धम्की दिइरहेको समयमा सांसद वैद्यले संविधानले नागरिकलाई प्रधान गरेको स्वतन्त्र अभिव्यक्तिको समेत चरम रुपमा दुरुपयोग गरेको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मानिसहरु अपमानित गर्दा आनन्द आउने गरि निरन्तरता दिएको अनुभूतिसँग सकेसम्म हामी प्रतिकार गरेका छौं । यतिबेला साईबर आक्रमणमा लागेकाहरु भन्दा पनि तथानाम बोल्ने जुन कार्य भै रहेको छ । त्यो सह्य हुँदैन । नेपाली कांग्रेसको तर्फबाट सांसद बनेका नरोत्तम बैद्यले वागमती प्रदेशसभाको रोस्टममा उभिएर प्रधानमन्त्री केपी ओलीलाई मार्नु पर्छ भन्दै उक्साउँदै आफू महात्मा गान्धीलाई मार्ने नाथुराम गोड्से जस्तै ओलीलाई मार्न तयार रहेको घोषणा गरेछ । ‘मान्छे मार्छु’ भन्ने सर्वसाधरणका हकमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्छ । प्रदेशसभा सदस्यका हकमा यस्ता हिंसक व्यक्ति कस्तो मानसिकता ? कस्तो राजनीति ? कस्तो प्रतिशोध हो ? कस्तो अभिब्यक्ति हो । देशभरबाट व्यापक बिरोध गरौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाई सम्मान गर्छौ । उहाँको आँखामा सधै निश्चलता छ । देश जनताको सर्वोपरी हित होस भन्ने ब्यग्र चाहना छ, देशको समृद्धि खाका छ । केहि गर्दछु भन्दा अपमान जनक कार्य कोही कसैले गर्दछ भने हामीलाई सह्यय हुँदैन ।’