आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै नरोत्तमवैद्यले माफी मागे
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले शुक्रवारको बैठकमा आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका छन् ।शनिवार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताए ।

    लिखित आत्मालोचना गर्दै वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन् ।वैद्यले सांसदले संसदमा बोलेको कुरामा कहिँ कतै मुद्दा नलाग्ने भन्ने बुझेर बढी नै बोलेको स्वीकार गरे । वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराएका छन्।

    No description available.

     

  • २९ जेष्ठ २०७८, शनिबार १२:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images