गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त भएका छन्।

    शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले शुक्रबार ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।

    यसैबीचमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका थिए। उनले राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जसपाका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुखले त्यसलाई अस्वीकार गर्दै कृष्णचन्द्रलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

    गण्डकीमा संसद् विघटन भए विद्रोह गर्ने एमाले सांसदले चेतावनीसमेत दिएका थिए । एमालेका सांसद रोशन गाहामगर, महेन्द्र थकाली र इन्द्रलाल सापकोटाले संसद विघटन भए विद्रोह गर्ने चेतावनी दिएका थिए।

    यसअघि प्रदेश प्रमुख पौडलले सरकार गठनको समय सकिए पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धका सांसदहरूले उनको निवास अगाडि धर्ना दिएका थिए।प्रदेश प्रमुख पौडेलले २४ घन्टा समय दिएर शुक्रबार संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन् ।

  • २९ जेष्ठ २०७८, शनिबार १९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images