एक दिनअघि राजीनामा दिएका दीपक मानाङे फेरि मन्त्री
  • CIA Khabar

  • गण्डकी ।  गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव ९गुरुङ० दीपक मनाङे पुनः मन्त्रीको शपथ लिने भएका छन्।
    बिहीबार मात्रै खेलकुदमन्त्रीबाट राजीनामा दिएका उनी फेरि मन्त्री बन्न थालेका हुन्।

    गुण्डागर्दी पृष्ठभूमिका उनी यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषद्मा मन्त्री रहेका थिए । गुरुङलाई विश्वासको मत नदिएका उनी विपक्षी गठबन्धनको बहुमत पुर्‍याउनका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा उभिएका थिए ।

    तत्‍कालीन नेकपाको सहयोगमा मनाङबाट निर्वाचित उनी पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिन लागेको कांग्रेस नेता कुमार खड्काले जानकारी गराएका छन्।

  • २९ जेष्ठ २०७८, शनिबार १९:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images