स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद
  • CIA Khabar

  • काठमाडौँ । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ ।

    गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई चेक जाँच गर्ने क्रममा महोत्तरी सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो ।

    सो क्रममा भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले शंकास्पद झोला फालेर हिँडेको सशस्त्रले जनाएको छ । सो झोलामा स्रोत नखुलेको पैसा भेटिएको हो ।q

  • २९ जेष्ठ २०७८, शनिबार २१:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images