माधव नेपालले पार्टी विभाजन गरे दुई तिहाईभन्दा बढीले साथ छाड्छन्ः नेता भट्टराई (भिडियोसहित)
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भटट्राईले माधवकुमार नेपालले एमालेमा बस्दै नबस्ने भनेर माधव हिडे नेपाल समुहभित्रै रहेका दुई तिहाई भन्दा बढी नेता कार्यकर्ताले साथ नदिने खुलासा गर्नुभएको छ ।

    सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेता भट्टराईले एक अर्कातिर फर्किएर पार्टीभित्रको बिवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धाएर माधव नेपालको राजनीतिक छवी कायम नहुने र अन्त कतै धारएर ओलीको हैसियत नबढने भन्दै नेता भट्टराईले एक अर्काप्रति बिश्वास गर्न सुझाउनु भएको हो । एमालेभित्रको बिवाद सैद्धान्तिक बैचारिक नरहेको र पुस ५ पछि एक अर्कामाथि गरिएको कार्वाही नै मुख्य देखिएको भन्दै उहाँले अव मिल्नुको बिकल्प दुवै नेतासँग नरहेको बताउनुभयो ।

    नेता भट्टराईले भन्नुभयो, ‘अव मिल्नुको बिकल्प छैन, दुवै नेताले इगो त्यागेर एकताको बाटो समाउनु पर्छ, अध्यक्ष केपी ओली माधव नेपालतिर र माधव नेपाल अध्यक्ष ओलीतिर फर्कनु पर्छ । माधव जाने ठाउँ देउवा निवास बुढानिकलण्ठ होइन, अध्यक्ष रहेको बालुवाटार नै हुनुपर्छ ।’ उहाँले माधव नेपाल इगो लिएर एमालेमा नफर्की देउवातिरै लागेर पार्टी फुटाएमा आफू नलाग्ने घोषणा पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपाल एमालेमा फर्कदै नफर्कने, बिपक्षी गठबन्धनतिरै लागिरहने हो भने म त्यता लाग्दिन, म बढो प्रष्टसँग भन्न चाहन्छु, पार्टी बिभाजन भए म माधव नेपालको पक्षमा लाग्दिन ।’

  • २९ जेष्ठ २०७८, शनिबार २१:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images