महाधिवेशन सार्ने काँग्रेसको निर्णय : यस्ता छन् निर्णयहरु
  • CIA Khabar

  • काठमाडौँ । नेपाली काँग्रेस १४ औं महाधिवेशन एक हप्ता पछाडि सार्ने निर्णय गरेको छ ।

    शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ । गत फागुनमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको बताइएको छ । आगामी असार ३ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी बैठकमा भएको सहमतिलाई अनुमोदन गर्नेछ ।
    काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार यसअघि असार ५ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ ।

    र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते, प्रदेश अधिवेशन २०७८ भदौँ १ र २ गते हुनेछ ।

  • २९ जेष्ठ २०७८, शनिबार २१:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images