प्रदेश २ मा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र : मन्त्रिपरिषद् समावेशी भएन
  • CIA Khabar

  • जनकपुर। प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गर्दै पत्र पठाउनुभएको छ ।

    प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने उल्लेख गर्नुभयो । पुनर्गठिन मन्त्रिपरिषद्मा महिलालाई मन्त्री नबनाएको भन्दै एमालेले पनि प्रश्न उठाएको छ । प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव हुनुहुन्छ ।

  • ३० जेष्ठ २०७८, आईतवार १९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images