पाल्पा । एक वडा एक उत्पादनमा तेलहन बालीलाई जोड दिएको रामपुर नगरपालिका वडा नम्बर ५ ले लगाएको सुर्यमुखी फुलले अहिले रामपुरको फाट ढकमक्क बनाएको छ ।
प्रायः बजार क्षेत्रले ढाकिएको वडा नम्बर ५ रामपुरको बजार इलाका हो । बजार क्षेत्रकै मुटु बेझाड बजार- किसानबारी सडकखण्डको बेझाड खेतका दायाँ-बायाँ फुल्ने यहाँको सुर्यमुखी फुलले सबैको मन तानेको छ ।
कृषि उब्जाउ अन्न भण्डार बेझाड खेतमा सुर्यमुखी खेतीको पकेट क्षेत्र घोषणा गरेर वडाले तेलहन सुर्यमुखी लगाउन किसानलाई सहुलियत दिएको थियो ।
रामपुर नगरपालिका र कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको समन्वयमा बेझाड खेतको झण्डै २ सय रोपनी क्षेत्रफलमा अहिले सुर्यमुखी लगाइएको छ । बहखोला बेझाड खेत कुलो उपभोक्ता कृषक समूहको जिम्मामा किसानका धेरैर थोरै खेतमा सुर्यमुखी लगाएको हो । समुहलाई उक्त पकेट क्षेत्र कार्यक्रमबाट आवश्यक कृषि सामाग्रीमा ५० प्रतिशत अनुदान सहुलियत दिएको छ ।बिउमा अनुदान दिइएको छ । त्यसैगरी सिंचाइको संरचना निर्माणरमर्मतमा पनि ५० प्रतिशत अनुदान उपलब्ध छ । कृषि ज्ञानकेन्द्र पाल्पाको ६ लाख सहयोगमा खेती गरेको समुहका अध्यक्ष बलबहादुर रानाले जानकारी दिनुभयो । यो परिक्षणका रुपमा लगाएका हौं, अहिले निकै राम्रो भएको छ, अब यी खेतमा सुर्यमुखी फुलाएर झनै फाइदा लिन सकिन्छ भन्ने छू रानाले भन्नुभयो ।
रामपुर कृषि शाखा प्रमुख रामहरी पाण्डेयले परिक्षणका रुपमा लगाइएको सूर्यमुखी राम्रो भएको बताउनुभयो । हामी नियमित रेखदेख गरेका छौं, रोग किरा, उपचार बिधिका बारे किसानलाई जानकारी गराइरहेका छौ पाण्डेले भन्नुभयो-उहाहरु पनि हौसिनुभएको अहिलेसम्मको सफलताले। वडामा तेलजन्य पदार्थ उत्पादन बढाउन वडाले यहाँ सुर्यमुखी खेती र कोइलीटारीमा तोरी खेतीमा समन्वय गरेको वडा अध्यक्ष हिमाल मल्लले जानकारी दिनुभयो ।
सूर्यमुखी पकेट क्षेत्रको वडाका जनप्रतिनिधि, कृषि प्राबिधिक लगायतको टोलीले समेत अनुगमन गरेको वडा सदस्य साबित्रा गौतमले जानकारी दिनुभयो । भौगिलिक र माटो सुहाउदो तेलहन बालीलाई हामीले जोड दिएका छौ गौतमले भन्नुभयो-वडाले यसैवर्ष देखि सूर्यमुखीको व्यवसायिक खेती सुरु गरेको हो। सूर्यमुखी खेती गर्न किसानलाई अनुदानमा बीउ दिइएको छ ।
सूर्यमुखी फूल संगै अहिले सुर्यमुखीले ढाकिएको फुलमा अवलोकन गर्न आउने र फोटो भिडियो बनाउनेको चहलपहल छ । धेरैले फेसबुकमा खिचेर राखेको देखेर आफू पनि आएको रामपुर ५ कि बिनिता सुनारले बताउनुभयो । अहिलेको क्रेज टिकटक छ, घरका परिवार मिलेर फोटोर भिडियो खिच्न आएको उहाले थप्नुभयो । भाउजू,बुहारी,बहिनी सहित मिलेर रमाइलो गर्न आयौ सुर्यमुखीको अहिलेको लोभलाग्दो फुलले धेरैको ध्यान तानेको छ । यहाँ आएर एकछिन भुल्दा छुट्टै उमंग हुने उहाँको भनाई छ ।