घट्यो गण्डकीको बजेट, आउँदो आर्थिक वर्षलाई ३० अर्ब
  • CIA Khabar

  • काठमाडौँ।गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७८(७९ का लागि ३० अर्ब बजेट ल्याएको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार ३० अर्ब तीन करोड ९४ लाख २७ हजार बजेट खर्च हुने अनुमान गरिएको मंगलबारको संसद बैठकमा जानकारी गराएका हुन् ।

    यो बजेट चालु आर्थिक वर्षको भन्दा चार अर्ब कम हो । चालु आर्थिक वर्ष २०७७(७८ का लागि प्रदेश सरकारले ३४ अर्ब ८४ करोड बजेट ल्याएको थियो ।

    चालु खर्चतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ छुट्याइएको छ । यो कुल बजेटको ४३।५ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार रुपैयाँ छुट्याइएको छ । यो कुल बजेटको ५५।७ प्रतिशत हुन्छ ।

    कोभिड नियन्त्रण र कोभिडले पारेको प्रभावलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ । रोजगारी गुमाएकालाई उद्यमशीलता विकासका लागि बजेट विनियोजन गरिएको छ ।

    कोरोनाको प्रभावले प्रदेशको आम्दानीको स्रोत घटेकाले बजेट पनि घटाइएको अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री पोखरेलले बताए । नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब, १८ करोड ४३, समपूरक अनुदान ८७ करोड ३६ लाख र विशेष ९४ करोड ९० लाख रुपैयाँ लगायतलाई प्रदेश सरकारले आम्दानीको स्रोत राखेको छ ।

  • १ असार २०७८, मंगलवार १७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images