काठमाडौँ । युरोकप २०२० मा आज समूह ‘एफ’ मा रहेको पोर्चुगलले हंगेरी तथा फ्रान्सले जर्मनीको सामना गर्दैछन् ।
समूह एफु मा रहेको साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स र जर्मनीलाई युरोकपको मुख्य दाबेदारका रूपमा लिइएको छ । यही समूहलाई सबैभन्दा कठिन समूह पनि मानिएको छ ।
मंगलबार राति पौने १० बजे साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्दै छ । साविक विजेता पोर्चुगल हंगेरीमाथि सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने उद्देश्यका साथ मैदान उत्रिने छ भने हंगेरी पोर्चुगलमाथि पहिलो जित निकाल्ने ध्याउन्नमा हुनेछ ।
पोर्चुगल र हंगेरी अहिलेसम्म १३ पटक आमनेसामने भएका छन् । तीमध्ये पोर्चुगलले ९ खेलमा जित निकालेको छ भने चार खेल बराबरीमा सकिएको छ । अहिलेसम्म पोर्चुगलमाथि जित निकाल्न नसकेको हंगेरी मंगलबार पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । तर, स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई रोक्न हंगेरीका खेलाडीलाई मुस्किल पर्नेछ ।
यस्तै, मंगलबार राति पौने १ बजे समूह एफु कै अर्को खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीको सामना गर्दै छ । युरोकपको उपाधिको दाबेदारका रूपमा हेरिएका दुवै टोली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छन् ।
फ्रान्स र जर्मनी अहिलेसम्म ३१ पटक भिडेका छन्। तीमध्ये फ्रान्स हेड टु हेडु का आधामा अगाडि देखिन्छ । फ्रान्सले जर्मनीविरुद्ध १४ खेल जितेको छ भने जर्मनीले १० पटक आफ्नो पक्षमा पारेको छ भने सात खेल बराबरीमा सकिएको छ ।
स्टार खेलाडीले भरिएको विश्वविजेता फ्रान्सले पछिल्ला पाँच खेलमा जर्मनीसँग हार ब्यहोरेको छैन । पाँचमध्ये तीन खेलमा फ्रान्सले जित निकालेको छ भने दुई खेल बराबरीमा सकिएको छ । फ्रान्स र जर्मनी दुवै टोली जित निकाल्दै प्रतियोगितामा सखद् सुरुवात गर्न चाहन्छन् ।