उपत्यकामा ५४५ सहित देशभर थपिए २७ सय संक्रमित, ४१ सय डिस्चार्ज
  • CIA Khabar

  • काठमाडौँ।  नेपालमा गत २४ घण्टामा २ हजार ७४५ जना कोभिड १९ संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार २९० जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भएका हुन् ।

    २४ घण्टामा ४ हजार १८७ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ । नेपालमा निको हुने दर ८८।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    गएको २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ८५०६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४५ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • १ असार २०७८, मंगलवार १८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images