प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, कुन क्षेत्रलाई कति प्राथमिकता !
  • CIA Khabar

  • प्रदेश २ । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७९र८० का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार ९४६।२६ प्रतिशत० र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार ३,४४ प्रतिशत बजेट विनियोज गरेका हुन् ।

    त्यसैगरी वित्तीय व्यवस्थातर्फ १० करोड ९०।३०प्रतिशत० रकम विनियोजन गरिएको हो । जसमध्ये आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, संघीय सरकारको अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजश्व बाँडफाडबाट ९ अर्ब ५८ करोड ९९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने ६ अर्ब २५ करोड गरी ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ जुटाइनेछ ।

    अगामी आर्थिक वर्षमा बजेटको लक्ष्य पूरा गर्न १ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरी जुटाइने आथिर्क मामिला तथा योजनामन्त्री यादवले बताए । कोरोना नियन्त्रण तथा उपचार, सडक निर्माण, सिँचाइ, रोजागरी र शिक्षालाई प्राथमिकता दिई बजेट ल्याइएको हो । अगामी आर्थिक वर्षको बजेटमा अधिकांस ठूला पुराना योजनालाई निरन्तरता दिइएको छ । बजेटमा अगामी आर्थिक वर्षमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख र प्रदेशसभा निर्वाचन विकासका लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    प्रदेश २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचकार गर्न आवश्यक औषधि, अक्सिजन सिलिण्ड, रेम्डिसिभर किट्सलगायतका स्वास्थ्य समग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशभित्रका विभिन्न अस्पतालमा मिर्गौलापीडितको बढ्दो चापलाई मध्यनजर गरी ३५ वटा डाइलयाइसिस मेसिन खरिद गर्न १२ करोड रुपैयाँ विनियोजन गरिएछ ।

    त्यस्तै, संक्रमितको उपचार गर्न जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालमा कोभिड विशेष अस्पताल संचालनमा ल्याउन तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको विशिष्ट अध्यययन, अध्यापन र अनुसन्धानका लागि चालु आर्थिक वर्षमा ९ करोड बुझाइ सकेको र अगामी आर्थिक वर्षका लागि १० करोड विनियोजन गरिएको छ । यसका लागि थप बजेट व्यवस्थान आन्तरिक ऋणबाट गरिने बताइएको छ ।

    क्याथ ल्याब, एडाभन्स सिटी स्कयान मेसिन, आईसीयूलगायतका उपकरण खरिदका लागि प्रादेशिक अस्पतालाई १९ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण र सुधारका लागि १६ करोड रकम छुट्याइएको छ ।

    प्रत्येक जिल्लामा एकएक वटा नमुना विद्यालय स्थापना तथा समुदायकि विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा सुधारका गरी शैक्षिकस्तर अभिवृद्धि गर्न २४ करोड छुट्याइएको छ । समुदायिक विद्यालयमा अध्ययन विद्यार्थीका लागि खेल मैदान निर्माण गर्न ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    अदिवासी, दलित, मुस्लिम तथा मधेस आन्दोलनका शहीद परिवारका बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि २ करोड बजेट सुनिश्चितता गरिएको छ । एक विद्यालय एक नर्सलाई निरन्तरात दिँदै ३ करोड ५० लाख विनियिोजन गरिएको छ ।
    सीप तथा राजागरका लागि लघु उद्योगमा विपन्न परिवारलाई रोजगारीको अवसर सिर्जना गर्न ८ करोड रुपैयाँ छुटाइएको छ । महामारीमा रोजगारी गुमाएका युवाका लागि युवा स्वरोजगार कार्यक्रममा १५ करोड रकम विनियोजन गरिएको छ । उद्यमशीलतामार्फत रोजगारीका अवसर सिर्जना गर्न २८ करोड ५० लाख बजेट सुनिश्चितता गरिएको छ ।

    प्रदेशभित्रको धार्मिक साँस्कृतिक क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि १६ करोड रुपैयाँ छुटाइएको छ । प्रदेशलाई दूध तथा मासु मिसन कार्यक्रममा र पशुपन्छी तथा मत्स्य विकासका लागि १३ करोड बजेट राखिएको छ । त्यस्तै, चुरे संरक्षणका लागि १८ करोड ३६ लाख, सडक किनारमा ग्रीन वे र फलफूललगायतका अन्य विरुवा रोप्न ७ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको हरेक निर्वाचन क्षेत्रमा पोखरी संरक्षण सम्वर्द्धनका लागि ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यस्तै, मठ मन्दिर, गुम्बालागयतका धार्मिक क्षेत्र संरक्षणका लागि १८ करोड र पर्यटकीय विकासका लागि पूर्वाधार निर्माण र सम्पदा संरक्षणका लागि १५ करोड रुपैँया सुनिश्ति गरिएको छ । हरेक निर्वाचन क्षेत्रमा हरित पार्क निर्माण गर्न १६ करोड र स्नो सिटी फन पार्कका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यसैगरी प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक निर्माण कार्यक्रमलाई निरन्तारता दिँदै ६७ करोड २० लाख रुपैयाँ छुटयाइएको छ । प्रदेशमा संचालनमा रहेका दलित गरिब आवास निर्माणको निरन्तार दिन ८ करोड र विपन्न नागरिकलाई लक्षित गरी सुरक्षित आवासका लागि महेन्द्र नारायणनिधि आवाास आयोजना शुभारम्भका लागि २० करोड रकम विनियोजन गरिएको छ ।

    त्यसैगरी प्रदेशको कृषि प्रणाली सुदृढ गर्न मझौला सिँचाइ आयोजना निर्माणका लागि ४१ करोड रुपैँया विनियोजन गरिएको छ । बाढी पहिरोजस्ता समस्या र नदी नियन्त्रणका लागि ३० करोड रुपैयाँ बजेटमा सुनिश्चित गरिएको छ ।वडादेखि सदमुराकम जोडने सडक निर्माण र ढलान गर्न ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यसैगरी, सार्वजनिक निर्माणसम्बन्धी कार्यका लागि २० करोड, रामराजा सिंह र गजेन्द्रनरायण सिंहको शालिकका लागि ४ करोड र दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश, जिल्ला, ईलाका, प्रहरीचौकी, ट्राफिकलगायतका निकायको पूर्वाधार निर्माणका लागि ७ करोड ३३ लाख रुपैयाँ छुट्याइएको छ भने मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

  • १ असार २०७८, मंगलवार १८:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images