काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापति देउवा नेता नेपाललाई भेट्न सोमबार साँझ उनकै निवास कोटेश्वर पुगेका हुन् । नेपालनिवासमा जारी भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेपालनिकट स्रोतले जनाएको छ ।
छलफलमा सभापति देउवासहित महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी छन् । सर्वोच्च अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि एमालेभित्रको आन्तरिक कचिलो समाधान हुने दिशातर्फ अघि बढेको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले २ जेठ २०७५ कै स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेपछि देउवा नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।
यसअघि २४ जेठमा देउवा र नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता भएको थियो । उक्त भेटमा नेता नेपालले आफ्नो समूहले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने जानकारी देउवालाई गराएका थिए ।
नेपालले देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता स्वीकार गरेर एकता नहुने निष्कर्ष आफूहरूले निष्कर्ष निकालेको पनि बताएका थिए ।
२३ जेठमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि सर्वोच्चमा दर्ता गरेको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिनु पर्ने प्रस्ताव अघि सारेका थिए ।
देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिटमा खनाल–नेपालसमूहका २३ सांसदले हस्ताक्षर गरेका छन्।