कञ्चनपुरमा चुरे दोहन हुदाँ विपद्को ताण्डप: खन्यखोला गाँउ बग्ने खतरा

वाणिमा ढल बिनाको सडकले डुवान

  • डम्मर दत्त भट्ट

  • कञ्चनपुर् । कञ्चनपुरमा मापदण्ड मात्रै नभई आँचाक्ली रुपमा कञ्चनपुरका नदी खोला, नाला चुरे दोहनले गर्दा कञ्चनपुरमा विपदले ताण्डप मच्चाएको छ । तीन दिनदेखि परेको अबिरल बर्षातका कारण कञ्चनपुरको उत्तरी चुरे भेगमा रहेको खन्यखोलाले बाँध भत्काएर खोला गाँउ पस्ने खतरा छ । भने तटिय बस्ती डुवामा परेका छन । तैपनि सरकारले देशभरीका ९२ चुरे पहाड उत्खनन् गरेर भारतमा नदीजन्य प्राकृतिक पदार्थ ढुङ्गागिट्टी, बालुवा निकासी गर्ने योजना अघि सारेको छ । बर्षातका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका २वाणि क्षेत्रमा ढल बिना विगतमा स्थानीयले परम्परागत रुपमा निर्माण गरेको नाला पुरिदिएसंगै दानसिह धामी सहितका गोठमा पानी परेको छ । पशु चौपाया विचल्लीमा परेका छन ।No description available.

    तर, स्थानीय जनप्रतिनिधीसंग गुहार गर्दा समेत उनीहरु जिम्मेबारीबाट पच्छिएका छन । कृष्णपुुर नगर २का वडाध्यक्ष जयनारायण जोशीले सडक नहुँदा सडक देउ भन्ने सडक दिएपछि पानी त पस्ने नै हो, भनेर हल्लाभत्दा प्रतिकृया दिदै नागरिकमाथि विपद्का बेला थर्काउने हिसाबले प्रतिकृया दिएका छन । तर, संचारकर्मी भने भने वडाध्यक्ष जोशीले वाढि नियन्त्रण गर्ने योजना नभएको बताए । क्षति अलिअलि भएको बताए । बर्षातका कारण कञ्चनपुरमा दुई घर भत्कीनुका साथै सडक समेत अवरोध भएको छ ।

    यस बर्षको बर्खा अझै शुरु भएको छैन । पूर्ण रुपमा मनसुन समेत शुरु नभएको अवस्थामा २९ जेठ र ३१ र १ असार तीन दिनमा परेको बर्षातका कारण कञ्चनपुरको चुरे मानविय बस्तीमा वाढिले विपद् मच्चाएको हो । कञ्चनपुरको उत्तरी चुरे भेगमा कटानी र दक्षिण भागमा डुवाले मावन बस्तीमा वितण्डा मच्चाएको छ । चुरे भएर बग्ने खन्यखोलाले भीमदत्त नगरपालिका ७ र ३ मा निर्माण भएको तटबन्ध समेत भत्काएको छ । भीमदत्त नगरपालिका ३ हल्दुखालका स्थानीय रमेश थापाले चुरे बिनासका कारण तटिय क्षेत्रका जनता वाढिको उच्च जोखिममा रहेको बताए । ‘केही छिनमै परेको बर्षाले त यसरी वितण्डा मच्चाएको छ, ‘उनले भने, ‘लामो समयसम्म पानी पर्दा कति जोखिम निम्तिन्छ ।’ चुरेको अनियन्त्रित दोहनका कारण वाढिको समस्या आएको बताए ।

    No description available.

    भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवरले बस्तीको सिरानी भएर बग्ने खन्यखोलामा आएको वाढिले ३ सय मिटर बाँध भत्काएको बताए । दुई दिन परेको बर्षातले बाँध भत्काएसंगै खोला पुरै गाँउपस्ने चिन्ता छ । ‘केही समय परेको बर्षातले तटबन्ध नै भत्काईदियो, ‘उनले भने, ‘लामो समय बर्षा भए भीमदत्त नगरपालिका क्षेत्रका आधा वडा र महेन्द्रनगर बजार उच्च जोखिममा पर्छ ।’ बलियो तटबन्ध निर्माण नहुँदा कटानी र नदीजन्य पदार्थ संकलनमा वैज्ञानिकता नअपनाउँदा विपद् जोखिम निम्तिएको उनले बताए । ठूलो परिमाणमा बजेट चाहिले भएकाले वडाध्यक्ष कुँवरले स्थायी तटबन्धका लागि सघीय र प्रदेश सरकासंग आग्रह गरेका छन । ‘पहिरो रोकथाम भएन, धार नदीले परिर्वतन गर्दै आयो, अनियन्त्रित उत्ख्ननले कटानी भयो, ‘उनले भने, ‘चुरे क्षेत्र सम्वेदनशिल हो, यसमा खेलवार्ड गर्नु हुँदैन ।’ बर्षाले बाँध भत्काएपछि भीमदत्त नगरपालिकाले पूर्ननिर्माण कार्य गरिरहेको छ ।

    चुरेसंग जोडिएको भीमदत्त, बेदकोट शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका नदीखोला नालामा पानीको सतह एक्कासी बढेसगै निर्माण गरिएका संरचना भत्काउँनुको साथै क्षयिकरण र तटिय क्षेत्रमा डुवान गरेको छ । चुरे बिनासकै कारण एकै दिनमा केही समयमा परेको पानीका कारण उत्तरमा कटानी र दक्षिण भूभाग क्षेत्रमा डुवान भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा। भुपेन्द्र विष्ट बताउँछन । ‘चुरे र पहाडबाट नदिजन्य पदार्थ निकाल्नु हुँदैन, ‘चुरे पहाड कमजोर हुन्छ, ‘त्यहाँबाट उत्खनन् मिल्दैन, ‘उनले भने, ‘अवैधानिक रुपमा उत्ख्नन हुँदा समस्या उत्पन्न भयो ।

    No description available.

    सरकारले नेपालको आम्दानीको स्रोत बृद्धिका लागि ल्याएको योजनाले चुरे, पहाड उत्खखन नभई समथल तटिय क्षेबाट नदी नियन्त्रण गर्दै बाँकी बचेको नदिजन्य पदार्थ उपभोग गर्न सकिने बताए । बिना योजना नदी, खोला नालाको मुहान थुन्ने हिसाबले भौतिक संरचना निर्माण, नदी दोहनका कारण विपद्ी निम्तिरहेको बताए । ‘कञ्चनपुरका बर्षनी विपती निम्तिरहेको छ, ‘उनले भने, ‘विपद् रोकथामका लागि सरकारी योजना छैन, बरु कसरी पैशा कमाउन सकिन्छ, त्यसमा सबैको ध्यान छ ।’ अबिरल बर्षातका कारण बेदकोट नगरपालिका २बसन्थला क्षेत्रमान पथरैया नदी गाँउ बसेको छ । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले चुरेका नदीमा आएका वाढिले भूक्षयिकरण भएको बताए ।

    उनका अनुसार चुरेमा भूक्षयिकरण दक्षिणका बस्तीमा डुवानमा परेका छन । सरकारले चुरे पहाडको ढुङ्गा, ग्राभिल बेच्ने योजनाबाट समेत थप जोखिम निम्तिने बताए । महाकाली सिँचाई तेस्रो चरणका प्रमुख रण बहादुर बमले चुरे पहाडका खोला नदीमा आउने वाढिका कारण नहर संरचना समेत जोखिममा परेको बताए । ‘महाकाली तेस्रो चरणको नहर संरचना चुरे भएर निर्माण भईरहेको छ, ‘उनले भने, ‘चुरेकै खोलानालाका कारण नहरपनि जोखिममा परेको छ, कुनै कारणबस नदी गाँउपसे करोडौँ लगानीमा बनेको संरचना भत्किन्छ ।’ नगरपालिका क्षेत्रमा थुप्रै नदीनाला भएपनि रोयल्टी संकलनका लागि ठेक्का नलगाएको शुक्लाफाँटा नगरपालिका क्षेत्रका चुरे नदीनालाबाट चोरीका कारण जोखिममा परेको छ । No description available.

    शुक्लाफाँटा नगरका प्रवक्ता मापदण्ड विपरित भौतिक संरचना निर्माण एव परम्परागत रुपमा बग्दै आएका खोलानाला थुनेर संरचना बनाउने गतिबिधीले डुवान भईरहेको बताउँदै नगरपालिकाले भौतिक संरचना निर्माणको मापदण्ड ल्याउने बताए । जेठमै केही घण्टा परेको बर्षातका कारण कञ्चनपुरको उत्तरी चुरे क्षयिकरण र दक्षिण भूभाग डुवानमा परेको छ । चुरे सहित जिल्लाका ठूला नदी महाकाली, दोदा, चौधर र साना खोला नाला झर्नाखोला, अन्यखोलामा भईरहेको अवैध मापदण्ड विपरित उत्ख्नन भौतिक संरचना मापदण्ड विपरित निर्माण कार्यबाट कञ्चनपुर वाढि र कटानीको उच्च जोखिममा छ । त्यसमै सरकारले पहाड फोडेर नदीजन्य पदार्थ बिक्रि गर्ने योजनाबाट थप संकट पर्ने स्थानीयको भनाई छ ।

    विपद् रोकथाम एव नियन्त्रणका क्षेत्रका लामो समयदेखि काम गर्दै आएका एव नागरिक अगुवा प्रभुनिधी पन्तले विपद्को मुख्य कारण चुरे दोहन हुँदा समस्या निम्तिएको बताए । ‘चुरे, नदीनालाको अवैध दोहन, खोलानाला नासेर जमिनदेखिका संरचना बनायो, ‘उनले भने, ‘मानविय गतिबिधीले जोखिम निम्तियो ।’ विकास निर्माण गर्दा विपद्लाई मुल प्रवाहीकरणमा राखेर विकास गर्नेपर्ने जोडदिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बर्षातले कञ्चनपुरको भीमदत्त र बेदकोट नगरपालिका दुई स्थानीयका घर भत्किनुका साथै केही बस्ती भने जलमग्न भएको बताएका छन् ।

  • १ असार २०७८, मंगलवार २१:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images