नेता-कार्यकर्तालाइ उद्धार र राहतमा परिचालित हुन एमालेको निर्देशन
  • CIA Khabar

  • काठमाडौ । सत्तारुढ एमालेले प्राकृतिक विपत्तिको घडीमा उद्धार र राहतमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवापंक्तिलाई आह्वान गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार प्रेस विज्ञप्ति जारी गरी स्वयंसेवी भावनाका साथ परिचालित हुन आह्वान गरेका हुन् ।

    तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले बेघर बनाइएका परिवारका लागि अस्थायी बसोवासको प्रबन्ध गर्न सरकारसँग उनले आग्रह गरेका छन् । सरकारले विपद्प्रति कार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरेका छन् ।

  • २ असार २०७८, बुधबार १५:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images