काठमाडौँ । खराब मौसमका कारण मनाङको चामेमा राहत सामग्री लिएर जान तयार भएको नेपाली सेनाको हेलिकोप्टर रोकिएको छ । गृह मन्त्रालयले पठाउन लागेको राहत सामाग्री बोकेको हेलिकोप्टर खराब मौसमका कारण रोकिएको हो ।
प्रतिकुल मौसमका कारण राहत सामाग्री बोकेर तयारी अवस्थामा रहेको होलिकोप्टर उड्न नसकेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।
उनका अनुसार हेलिकोप्टरले टेन्ट, खाद्यान्न लगायतका सामाग्री लिएर जान तयारी अवस्थामा छ । तर मौसम प्रतिकुल हुँदा उडान भने गर्न सकेको छैन । सोही हेलिकप्टर मनाङमा पुगेर उद्धार कार्यमा खटिने दाहालले जानकारी दिए ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेसँग कुरा गर्दा मौसमको कारण हेलिकोप्टर आउन नसकेको जानकारी आएको दाहालले बताए ।