घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
  • CIA Khabar

  • काठमाडौँ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • ३ असार २०७८, बिहीबार १२:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images